Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक




२० वैशाख, पोखरा ।
नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सार्वजनिक गर्दै प्रशासनलाइ विकासमैत्री बनाउन सुरु गरिएको बताउँदै अर्थतन्त्रलाई गतिशील बनाइएको बताउनुभयो । सरकार र नीजि क्षेत्रबीच समन्वय गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ, पानी जहाज र रेलका विषय यर्थाथमा परिणत हुँदै गएको दाबी गर्नुभयो । जनताको सुखदुःखमा सरकार पुगेको, हावाहुरी प्रभावितलाई सहयोग गर्न बारा, पर्सा पुगेको, पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको पनि सरकारले दाबी गरेको छ ।


भूकम्पपछि बन्द रहेको तातोपानी नाका र सुख्खा बन्दरगाहा सञ्चालनमा आउने विषयलाई सरकारले सफलताको रूपमा लिँदै नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । सबै स्थानीय तहमा रोजगार केन्द्र स्थापना, मलेसिया र जापानसँग श्रम सम्झौता भएको, जेष्ठ नागरिक स्वास्थ बीमा, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले प्रथामिकतामा राखेको छ । पर्यटक आगमनमा ३३ प्रतिशत बढेको दावी गर्दै हिमशिखर सफाइ अभियान सुरु गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउँदै लैजाने, प्रदेश र स्थानीय तहको क्षमता विकास गरिने, जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाइने, क्षेत्रगत विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्यका कार्यक्रमसँग जोड्दै लगिने, बि.सं २१ सयसम्ममा नेपाललाई विकसित देश बनाइने, लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमा नै पूरा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
निजगढ बिमानस्थलको निर्माण कार्य तीब्र बनाउने, आउने वर्ष नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना गरिने, ४ वर्षमा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने, कोशी र कर्णाली कोरिडोरको सबै खण्ड खोल्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । आगामी वर्ष ५ लाख रोजगारीको अवसर सृजना गरिने, सातै प्रदेशमा ७ नै औद्योगिक क्षेत्र स्थापना गरिने, आगामी वर्षदेखि नवलपरासीबाट फलाम खानी उत्खनन् सुरु गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरिने, अन्य विमानस्थलमा रात्रीकालीन उडान सुरु गरिने, राष्ट्रिय राजमार्गका खण्डहरूमा पनि आपतकालीन धावन मार्ग बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । माटो र मौसम अनुकुल खेती प्रणाली गरिने,प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याइने विषय सरकारको प्राथामिकतामा छ । वैज्ञानिक वन व्यवस्थापन गर्ने तथा आगामी वर्षलाइ बृक्षरोपण वर्ष घोषणा गरिने छ । सडकलाई सुरक्षित बनाइने छ भने सरकारले निर्माण गर्ने सडक कम्तिमा २ लेनको हुने पनि कार्यक्रममा छ ।
काठमाण्डौलाई भारत र चीनसँग रेल मार्गमा जोड्न २ वर्षभित्र निर्माण सुरु गरिने छ भने नेपालको पानी जनताको लगानीमा आम नेपालीको स्वामित्व हुने गरी कार्यक्रम बनाइने पनि सरकारले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई आगामी वर्षबाट कार्यान्वयनमा ल्याइने र यसपटक सामाजिक सुरक्षा भक्ता बृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।