Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

समाचारको विश्वसनीयतामा प्रश्न– सञ्चार मन्त्री बाँस्कोटा



२० वैशाख, पोखरा ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाचारको विश्वसनीयतामै गम्भीर प्रश्न उठेको जिकिर गर्नुभएको छ । १६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, युनेस्को र निर्वाचन आयोगले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनहाँले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न सुझाव पनि दिनुभयो ।
मन्त्री बास्कोटाले सञ्चार माध्यमले कम्युनिस्ट सरकारलाई लोकतन्त्रविरोधी देखाउन खोजेको आरोप लगाउँदै नेपाली कम्युनिष्ट पार्टीहरुले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको दाबी गर्नुभयो । सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो बन्न नहुने सुझाव दिँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने आबश्यकता औंल्याउनुभयो ।
संचारमन्त्री बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने पनि दाबी गर्नुभयो । प्रेसमाथि अंकुश लगाउने सरकारको कुनै योजना नरहेको प्रष्टीकरण दिँदै उहाँले समाचार लेखेकै भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रथिवद्धता जनाउनुभयो । सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता पनि व्यक्त गर्दै मन्त्री बाँस्कोटाले श्रमजीवीको शोषण स्विकार्य हुनै नसक्ने उल्लेख गर्नुभयो । सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको भन्दै उहाँले यो संसारभर चलेको सिद्धान्त भएको जिकीर गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाली मिडियाको संख्या बढेपनि गुणस्तर भने खस्किएको बताउनुभयो । उहाँले निर्वाचन प्रणालीलाई आमूल परिवर्तन गर्न आफुले प्रक्रिया थालिसकेको जानकारी पनि दिनुभयो । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले शसस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताउनुभयो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रममा महासंघले निकालेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरियो । प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लंघनका ६० वटा घटनामा ७७ पत्रकार र पाँच वटा सञ्चार गृह प्रभावित भएको जनाइएको छ ।