Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

संस्कारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री गुरुङ




२१ वैशाख, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कारमा परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ । संस्कारलाई बदल्न सचेत समाज र नागरिकहरुको अभियान आवश्यक रहेको उहाँले बताउनुभयो । संवैधानिक र परिमार्जित कानुनहरुको ज्ञान सवै नागरिकहरुमा हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिनुभयो ।
‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको शुक्रबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले ‘हाम्रो संस्कारमा परिवर्तन कसरी ल्याउन सकिन्छ ?’ भन्दै प्रश्न गर्नुभयो ।
असहाय पीडितहरुको उजुरीलाई तत्काल सुनुवार्ई गर्ने व्यवस्थाको माग गर्नुभयो । उहाँले उजुरी दर्ता गर्ने कार्यशैलीमा परिवर्तनक आवश्यक रहेको बताउनुभयो । प्रहरीप्रति सर्वसाधारण नागरिकहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन प्रहरीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको मुख्यमन्त्री गुरुङको भनाई थियो ।


‘हाम्रो संरचना बदलियो, सोंच बदलिएन,’ भन्दै गुरुङले व्यवस्था बदलिएपनि विचार बदलिन नसकेको जिकीर गर्नुभयो । प्रणाली त बदलियो, तर हाम्रो संस्कार बदलिएन । भनसुनका भरमा र आफ्नो नाता पाता र कार्यकता वा पहुँचवाला र पैसावालाको आधारमा मात्रै उजुरीको सुनुवाई हुने परिपाटीको अन्त्य हुनुपर्ने मुख्य मन्त्री गुरुङको भनाइ थियो ।
अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले नेपाल प्रहरी मानवअधिकार रक्षाका लागि पहिलो रक्षक भएको उल्लेख बताउनुभयो । हाल प्रहरीसंग भएको श्रोत साधनलाई अधिकतम उपयोग गरेर महिला हिंशा तथा मानव अधिकारका घटनाहरुलाई न्युनिकरण गर्न प्रहरीको काम कारवाहीलाई अगाडि बढाएको कार्कीले जानकारी दिनुभयो ।
विकासको पूर्वाधारको पहिलो प्राथमिकता सुरक्षा भएको बताउँदै कार्कीले प्रदेशस्तरमा सुरक्षा संयन्त्र सवल बनाउन प्रादेशिक सरकारको प्रमुख भूमिका रहने जानकारी दिनुभयो । उहाँले महिला हिंशा एवं मानवअधिकारका घटनामा पीडित भएकाहरुले नजिकको प्रहरी निकायमा तत्काल उजुरी गर्न आग्रह गर्नुभयो ।
कास्की जिल्ला समन्वय समिति संयोजक बैनबहादुर क्षत्रीले सवल, सक्षम प्रहरी संगठन आवश्यक रहेको औंल्याउनुभयो । श्रोत साधन र जनशक्तिको पहुँचमा प्रहरी संगठन हुनुपर्नेमा क्षत्रीले जोड दिनुभयो । उहाँले महिला र बालबालिकाहरुको समस्या समाधान गर्ने छुट्टै प्रदेशस्तरिय विभागको माग समेत गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले केही घटनाहरुबाहेक अन्य जघन्य घटनाहरुको अनुसन्धानमा कास्की प्रहरीले सफलता प्राप्त गरेको बताउनुभयो ।


कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले महिला हिंशा न्यूनिकरणमा नेपाल प्रहरीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सुरक्षासम्बन्धी सचेतना र सतर्कताको कमी नै महिला तथा बालबालिका विरुद्धको अनुसन्धानमा चुनौती रहेको औंल्याउनुभयो ।
प्रति वर्ष महिला हिंशाका घटनाहरु बढ्दो रहेको प्रहरी अतिरिक्त महानिरीक्षकको प्रतिवेदनमा उल्लेख छ । १४ सय ५३ वटा जवरजस्ती करणीका घटनाहरु यस आर्थिक वर्षमा भएको कार्यपत्रमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा यस सम्बन्धी घटना ११ सय ३९ थियो ।