Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

संघीय सरकारको नीति तथा कार्यक्रम माथिको छलफल सुरु




२३ वैशाख, पोखरा ।
संघिय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेको बताउनुभयो ।
सभापति देउवाले आफ्नो सरकारले ल्याएका कार्यक्रमलाई अहिलेको सरकारले आफूले ल्याएझैँ गरी प्रचार गरिरहेको आरोप लगाउनुभएको छ । सभापति देउवाले प्रधानमन्त्री रोजगार कार्यक्रम आफूले ल्याएको दाबी गर्नुभयो । उहाँले मुलुकमा महँगी र भ्रष्टाचार बढेको आरोप लगाउदै संवैधानिक निकायमा सरकारबाट व्यापक हस्तक्षेप र अधिकार कटौती गरिएको दाबी पनि गर्नुभयो ।
काँग्रेस नेता मीनेन्द्र रिजालले नीति तथा कार्यक्रममा प्रयोग भएको मेरो सरकार भन्ने शब्दावलीले शाहीकालिन झल्को दिएको भन्दै सच्याउन आग्रह गर्नुभयो । राजपा नेता राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको माग र आन्दोलनलाइ नजरअन्दाज गरेको भन्दै आपति जनाउनुभयो । कृषि, उद्योग, रोजगारीको बिषयलाइ सरकारले केन्द्रमा नराखेको राजपा नेताहरुको भनाइ थियो ।
नेकपाका सांसद अग्नि सापकोटाले सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यन्तै राम्रो भएको तर कार्यान्वयनमा भने चुनौति रहेको बताउनुभयो ।
नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै अन्य सांसदहरुले पनि सरकारले पछाडी परेका, कृषक तथा मजदुरहरुलाइ केन्द्रमा राखेर बजेट ल्याउन नसकेको भन्दै सच्याउन माग गरेका छन् ।