Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह




२० वैशाख, पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)उद्योग वाणिज्य संघको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेका संघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताउनुभयो ।
वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत गरिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई देशको औद्योगिक उन्नयनमा लाग्न सदैव प्रेरित गरिएको बताउनुभयो । सरकारले निजी क्षेत्रलाई हरतरहले सघाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सहजकर्ताको भूमिका निर्वाह गर्दै उद्यमी व्यवसायीका समस्या समाधान गरिरहेको उल्लेख गर्नुभयो । नेपालले मात्र नभई दक्षिण एशियाली देशले नै अािर्थक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली आफ्नो चाहना भएको उहाँको भनाइ थियो ।
समग्र दक्षिण एशियाको समृद्धिका निम्ति अहिले उपयुक्त समय भएको तथा यहाँको उर्वर भूमि, खनिज र खानीयुक्त क्षेत्र तथा ऊर्जाशील युवा जनसङ्ख्याले समृद्धितर्फको यात्रामा फड्को मार्न सहज हुने प्रधानमन्त्रीले बताउनुभयो । साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि दक्षिण एशियाली देशबीच सहकार्य र साझेदारी हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । वर्तमान सरकारले सुशासन र विकासलाई उच्च महत्व दिएको जानकारी दिँदै ओलीले राजनीतिक अस्थिरता र अशान्ति समृद्धिको बाधक भएकाले त्यस्ता बाधा व्यवधान चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
हालै श्रीलङ्कामा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले मानवताविरुद्धका त्यस्ता आततायी कृत्यको जति भत्र्सना गरे पनि कम हुने टिप्पणी गर्नुभयो । सो अवसरमा संघका अध्यक्ष रुवान इदरिसंघेले दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघ क्रियाशील रहेको बताउनुभएको थियो ।