Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

सरकार तानाशाह वन्न नसक्ने उपप्रधान तथा रक्षा मन्त्री पोखरेलको भनाई




वैशाख, १४ पोखरा ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समाजवाद राजनीतिक प्रणालीबाट विकसित दलको सरकार तानाशाह वन्न नसक्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औ स्थापना दिवसको अवसरमा मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा शनिवार पोखरामा आयोजित वर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिको यात्रा विषयक वहस कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जनताका अधिकार स्थापनाका लागि ७० बर्षदेखि देखि लडेको पार्टी अधिनायकवाद बन्न नसक्ने वताउनुभएको हो ।

राणा र पंचायत कालमा जस्तो विचार बोकेकै आधारमा कुनै पनि मानिसलाई जेल जानुपने, विस्थापित हुनु पर्ने अवस्था अहिले नरहेको भन्दै उहाँले राजनीतिक रुपमा अपराधिक क्रियाकलाप हुन्छन भने अहिले पनि छुट नरहेको उहाँको भनाई थियो ।

नेकपाको सरकारले एक वर्षे अवधिमा विकासको जग वसालेको अब देशलाई विकास र समृद्धितर्फ अगाडि वढाउने छ, अवको राजनीति भनेको समृद्धि नै हो, उहाँले भन्नुभयो– अबको हविकासको मोडेल भनेको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी नेन्द्रद्वारा संयुक्त रुपमा अगाडि सारिएका घोषणा पत्र अनुसार नै हुने र आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्ने छन् ।

कृषिमा व्यवसायीकरण, उद्योग क्षेत्रमा विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन, पर्यटन, उर्जाका क्षेत्रमा सरकार अगाडि वढ्छ, उहाँले भन्नुभयो– हिजो राजनीतिक रुपमा प्रतिस्पर्दामा थियो अव सरकार र काँग्रेस सहित सबै पाटीृ मिलेर विकास र समृद्धिमा जुटौ ।

नेकपाका नेता एवं पूर्व मन्त्री जनार्जन शर्माले दुई पार्टीको एकता कुनै क्लब वनाउन नभई देशलाई समाजवादतर्फ अगाडि वढाउन भएको बताउनुभयो । तत्कालीन नेपा एमाले र माओवादी केन्द्र भित्र विगतका आ–आफ्नै अनुभव छन, ती अनुभवलाई कोट्याइराख्न जरुरी छैन, उहाँले भन्नुभयो–विद्रोह र शान्तिपूर्ण बाटोले नै लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौ ।

विधि र पद्वतिबाट नै कसरी चलने र आम जनतालाई समाजवादको रस कसरी चखाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जान जरुरी छ, समाजवाद भनेकै पूर्ण लोकतन्त्त र जनताको हातमा शासनसत्ता हुनु हो, शर्माको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले पूँजीवादले मानिसको स्वतन्त्रतालाई समाप्त पार्ने वताउदै जग्गा, पैसा, भौतिक पूर्वाधारले समाजवादी क्रान्ति सफल नहुने बताउनुभयो । सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो छ, यसले कुनैपनि दललाई फाइदा गर्दैैन, नेता गिरीको भनाइ– सरकारमा वसेका व्यक्तिले आम जनतालाई शशक्तिकरण तर्फ लैजान जरुरी छ, अधिकारहरु तल्लो तहसम्म प्रदान गर्न जरुरी हुन्छ ।

नेपालमा अझै पनि गास, बास र कपासको समस्या छ, त्यसकारण हामीले समृद्धि र समाजवादको परिभाषा बदल्न पनि बदल्न जरुरी छ, विकसित राष्टको जस्तो समाजवाद नेपाल भित्र चल्न सक्दैन,गिरीले वताउनुभयो ।