Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण, ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर



२३ वैशाख, पोखरा ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकिकरणको सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ ।
प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । नवगठित पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव चयन हुनुभएको छ । यस्तै अशोक कुमार राई वरिष्ठ नेता र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहनुभएको छ । दुवै दलबाट ८ जना उपाध्यक्षमा चयन भएका छन् । चयन हुनुहुनेहरुमा नवराज सुवेदी, युवराज कार्की, परशुराम खापुङ, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई रहनुभएको छ ।
महासचिवमा र उपमहासचिवमा तीन–तीनजना र सचिवमा चारजना चयन भएका छन् । महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्द्ङवा, रामसहाय प्रसाद यादव र उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा प्रकाश अधिकारी चयन हुनुभएको छ । मोहमद इस्तियाक राई, दुर्गा सोव, परशुराम बस्नेत, प्रशान्त सिंह सचिब र कोषाध्यक्षमा विजय यादव चयन गरिएको परिषद् अध्यक्ष भट्टराईले घोषणा गर्नुभयो ।
नवगठित पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीमा जाने कार्यक्रममा घोषणा गरेको छ । संविधान सभाका बेला गठन गरिएको राज्य पुनर्संरचना आयोगको सुझावका आधारमा संविधान संशोधन गरी ११ प्रदेश खाकाअघि सार्ने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति समेत भएको छ ।