Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

श्रम आयोग गठन गर्न जिफन्टको माग



वैशाख १७, पोखरा ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रम आयोग गठन र संचालनको लागि सरकारसँग माग गरेको छ । विश्व मजदुर दिवशको पूर्वसन्ध्यामा मंगलबार गरिएको कार्यक्रममा जिफन्टले श्रम विवाद समधानको लागि श्रम आयोगको आवश्यकता औल्याउदै यस्तो कार्यलाई प्राथमिकता साथ अघि बढाउन माग गरेको हो ।
कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले स्थानीय तहमा मजदुरको न्यूनतम ज्याला निर्धारण गर्न माग गर्नुभयो । स्थानीय तहले श्रमिकको समेत प्रतिनिधित्व भएको त्रिपक्षीय समिति मार्फत ज्यालादर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको कारण हरेक स्थानीय तहमा ज्यालादर निर्धारण गरिनु पर्ने उहाँकोे भनाई थियो ।
यसैगरी जिफन्टले नयाँ रोजगारी सिर्जना गर्न सरकारले कृषि, निर्माण र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएको छ । यी क्षेत्रमा लगानी विस्तार गर्दा ठूलो मात्रामा रोजगारी सिर्जना हुने जिफन्टको भनाई छ । प्रत्यक्ष रोजगारी सिर्जना गर्ने औद्योगिक प्रतिष्ठानलाई रोजगारी सिर्जनाको आधारमा करको दरमा छुट दिन जिफन्टको माग रहेको छ भने श्रम समझादारी भएका विदेशी मुलुकहरूसँग कार्यन्वयन तथा अनुगमन गर्नको लागि पनि माग गरिएको छ ।
जिफन्टले मंगलबार सार्वजनिक गरेको श्रम अडिट प्रतिवेदनअनुसार अहिले रोजगारीमा रहेकाहरू मध्ये ६१ प्रतिशत नियमित र ३९ प्रतिशत आंशिक रोजगारीमा रहेका छन् । रोजगारीमा लागेका मध्ये ५६ प्रतिशतले रोजगार सम्झौता गरका छन् भने ४४ प्रतिशतले रोजगार सम्झौता विना काम गरेका छन्। बालश्रम प्रयोग गर्ने प्रतिष्ठानको प्रतिशत ३.३९ प्रतिशत र प्रयोग नगर्ने प्रतिष्ठानको प्रतिशत ९४.९२ प्रतिशत रहेको जिफण्टको प्रतिबेदनमा देखिएको छ