Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

प्रदेश २ मा लगातार चौथो पटक प्रदेशसभा अवरूद्ध



२० वैशाख, पोखरा ।

प्रदेश दुईका विपक्षी दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले लगातार चौथो पटक बैठक अवरूद्ध गरेका छन । विपक्षी दलसँग गरिएको भद्र सहमति कार्यान्वयन नभएको भन्दै प्रदेशसभा शुक्रवार अर्थात आजको बैठक पनि अवरूद्ध गरिएको हो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उपेन्द्र कुश्वाहाले प्रदेश सरकार समानुपातिक हिसाबले प्रत्येक निर्वाचन क्षेत्रमा विकास बजेट कार्यान्वयनमा ल्याउने भद्र सहमति गरे पनि सरकार सो अनुरूप चल्न नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले जनता आवास कार्यविधि सच्याउन माग गर्दै प्रदेश सरकारले भद्र सहमति गरेर पनि संवाद वा छलफल नै नगरी बजेट खर्च गरिरहेको बताउनुभयो ।

नेकपाका प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले प्रदेश सरकार पार्टी भन्दा माथि उठ्न नसकेकोमा रोष प्रकट गनुर्भभयो । सरकार विपक्षी दलहरूसँग पटकरपटक सहमति गरेको र आश्वासन बाँडे पनि त्यसको कार्यान्वयन नभएको उहाँको आरोप थियो । प्रदेशसभा सदस्य साहले आफूहरूसँग गरिएका सहमति कार्यान्वयनतर्फ प्रदेश सरकार गम्भीर नभएसम्म सदन चल्न नदिने अडान दोहो‍¥याउनुभयो ।
प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले जनता आवास कार्यक्रमका लागि प्रदेश सरकारले तयार पारेको नमूना कार्यविधि परिवर्तन गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले केन्द्र सरकारले जनता आवास कार्यक्रमको संयोजक निर्वाचन क्षेत्रको जनप्रतिनिधि रहने व्यवस्था गरे पनि प्रदेश सरकारले जिल्ला स्तरीय संयोजक तोकेकोमा कडा आपत्ति जनाउनुभयो ।

प्रदेशसभा बैठक अनिश्चिकालका लागि स्थगित गरिएको छ ।