Top Stories

साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

अस्ट्रेलियामा लिवरल पार्टीले चुनाव जिते नेपाली सामुदायलाई ८ करोड रूपैयाँ दिने मन्त्रीको घोषणा



२८ वैशाख, पोखरा ।

अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री तथा लिवरल पार्टीका नेता डेभिड कोलम्यानले आफ्नो पार्टीले पुनः जित हासिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर अर्थात् करिब ८ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
सिड्नीमा आयोजित तेश्रो ओसेनिया क्षेत्रीय मिटिङमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सो सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने समेत बताउनुभयो । ‘सत्तारुढ मोरिसन सरकार अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्कृति, इतिहास तथा रीतिरिवाजको जगेर्ना तथा उत्थान गर्नका निमित्त प्रतिवद्ध छ’,  कार्यक्रममा मन्त्री कोलम्यानले भन्नुभयो ।
नेपाली समुदाय अस्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको समुदाय हो र यो सामुदायिक भवनमार्फत् अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा वसोवास गरिरहेका करिब ३६,००० नेपालीहरूको केन्द्र बन्न सक्ने समेत उहाँले बताउनुभयो । उहाँले नेपाल र अष्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको बताउँदै विशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरु तेस्रो स्थानमा रहेको समेत उल्लेख गर्नुभयो ।
गत वर्षमात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको तथ्यांक प्रस्तुत गर्दै उहाँले नेपालीहरुले अष्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि मात्रै नभई अस्ट्रेलियाको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग गरेको समेत बताउनुभयो । पछिल्लो केही वर्षमा नेपालीसँग मिलेर काम गरिरहेको जानकारी गराउँदै मन्त्री कोलम्यानले नेपालीहरु अष्ट्रेलियाको लागि महत्वपूर्ण अङ्ग रहेको बताउनुभयो ।    नेपालीहरुको आफ्नै भवन निर्माणार्थ सहयोगका लागि अष्ट्रेलियन नेप्लिज एसोसिएसनमार्फत् नेपालीहरुले पहल गर्दै आएका थिए । अस्ट्रेलियामा आगामी मे १८ तारिखमा हुन गइरहेको संघीय निर्वाचनमा नेपाली मतदाताहरूको मत पाउनका निमित्त यस्तो कदम आएको  जानाकारहरू बताउँछन्।
’इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नारा दिएर शनिबारदेखि सुरु भएको ओसेनिया सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरपदा सापकोटा, एनआरएनए आइसिसी अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, उपाध्यक्षयहरू कुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष शेष घले, ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्यूसाउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला, एनआरएनएकी संरक्षक इन्द्रा वन, विभिन्न देशका एनआरएन प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति रहेको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनले नेपालमा लगानी विस्तार, कृषि, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ ।