Top Stories

मेस्सीले हात पारे तेस्रो पटक गोल्डेन बुट अवार्ड भ्रष्टाचार गर्ने सेनाका कर्नेललाई ३ महिना जेल चलान हतियारको राजनीति त्याग्न नेता नेपालको आग्रह टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघको एक करोड सहयोग शिक्षामा बजेट बढाउन सांसदको माग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीको शानदार सुरुआत भारत लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक , भाजपाको बहुमत बेलायती प्रधानमन्त्री थेरेसा मेद्धारा पदबाट राजीनामा हावाहुरीले रेडियो गण्डकीलाई लाखौको क्षति, सोलार उडायो सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर भएन– अध्यक्ष शर्मा सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली काठमाडौं फिर्ता मिडिया काउन्सिल विधेयक पारित नहुने नेकपा नेता श्रेष्ठको भनाई सरकार संघीयता विफल पार्न सक्रिय रहेको कांगे्रस नेता पौडेलको आरोप निर्मला हत्याकान्डको १० महिना : जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा धर्ना मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेको कांगे्रसको आरोप त्रिभुवन विमानस्थलबाट करोडौंको भारतीय जाली नोट सहित चार जना पक्राउ साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

धर्मनिरपेक्षता हैन संविधानमाथि प्रहार !



नेपाली कांग्रेसको महासमिति बैठक पार्टी संगठनमा व्याप्त विकृति र कमजोरीमा केन्द्रित हुनुको साटो धर्मका नाममा रुमल्लिने लक्षण देखिन थालेको छ । सदस्यहरूले नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग राखेर हस्ताक्षर संकलन गर्न थालेपछि महासमिति बैठकमा समसामयिक महत्त्वका विषय ओझेलमा पर्ने सम्भावना बढेको हो । केही नेताहरूले नेपाल धर्म निरपेक्ष घोषणा भएकै मितिदेखि विरोध गर्दै पनि आएका थिए । पार्टीका महामन्त्री शशांक कोइरालाले समेत यदाकदा धर्म निरपेक्षताका प्रश्नमा जनमत संग्रहबाट टुंगो लगाउने धारणा प्रकट गर्दैआएका छन् । तर, अहिलेसम्म संस्थागतरूपमा धर्म निरपेक्षताविरुद्ध यस्तो प्रयास भएको देखिएको थिएन । यसैले कांग्रेस महासमिति सदस्यहरूको यो प्रयासको पार्टीका लागि दूरगामी असर पर्ने देखिन्छ । 

नेपाली कांग्रेसमा मात्र हैन नेपाली समाजको धेरै पक्ष र समूहमा नेपाललाई एकाएक धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएकोमा असन्तुष्टि छ । यही असन्तोषलाई उदार लोकतन्त्र विरोधी समूहले बेलाबखत दोहन गर्न खोजेको पनि देखिएकै हो । राजतन्त्र फर्काउन चाहने शक्तिले पनि नेपाललाई पुनः हिन्दु राज्य बनाउनुपर्ने माग गर्दैआएको देखिएको छ । नेपालमा सनातन धर्मावलम्बी जनसंख्या बहुमतमा छ । यस्तै, नेपालमा इसाई धर्मको प्रचार र धर्मान्तरणमा अन्तर्राष्ट्रिय समुदाय नै आक्रामकरूपमा लागेको देखिएको छ । धर्मनिरपेक्षताका नाममा नेकपा (नेकपा)को सरकार स्वयं धर्मान्तरण गराउने संस्थाको सहयोगी बनेको र प्रधानमन्त्रीसमेत सहभागी भएकाले पनि सनातन धर्मावलम्बीहरू झस्केका छन् । परन्त, यति हुँदाहुँदै पनि अहिले संविधानबाट यसका आधारभूत विशेषताहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संसदीय लोकतन्त्र खलबलिने कुनै पनि प्रयास प्रत्युत्पादक हुनसक्छ ।    

ad
ad
ad

सामान्य र सरल देखिने यो हिन्दु राज्य स्थापना गर्ने मागले देशमा तीव्र ध्रुवीकरण चर्काउन सक्छ । कांग्रेसभित्र चरका रूपमा कुबेलामा प्रवेश गराइएको यस विषयले पार्टीलाई कमजोर बनाउने त छँदैछ समाजमा धर्मकै नाममा विभाजन पनि गराउन सक्छ । त्यसको विष कति घातक हुन्छ भन्ने सबैभन्दा नजिकको स्पष्ट उदाहरण त भारतै हो । संविधानले जरा गाडिसकेको र लोकतान्त्रिक शक्ति सत्तामा भएका अवस्थामा धर्मनिरपेक्षतालगायत महत्त्वपूर्ण निर्णयका लागि जनमत संग्रहको माग गर्दा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने थिएन । तर, अहिलेको सरकारबाट लोकतान्त्रिक अभ्यासको अपेक्षा गर्नु बुद्धिमानी हुँदैन । यसैले ममहासमिति सदस्यहरूले प्रदर्शन गरेको चासोलाई पार्टी केन्द्रीय समितिले उचित ध्यान दिने गरी थाती राख्नु सही अभ्यास हुनेछ ।  

अहिले त महासमितिका सदस्यहरूले केन्द्रीय समितिका कमजोरी र नेताहरूमा देखिएका गुटबन्दीलगायतका विकृतिविरुद्ध सशक्त प्रहार गरेर पार्टीलाई सशक्त बनाउने विषयमा ध्यान केन्द्रित गर्नुपर्थ्यो  । महत्त्वपूर्ण विषयमा सघन छलफल गर्नुपर्ने बेलामा तत्काल टुंगो नलाग्ने सबालमा ऊर्जा खेर फाल्नु मूर्खता ठहरिन्छ । पार्टी सभापतिलगायतका केन्द्रीय पदाधिकारीलाई त महासमितिको ध्यान यस्तो विषयमा केन्द्रित हुँदा ‘हाइसन्चो’ भएको हुनुपर्छ । तर, यसले एकातिर नेपाली कांग्रेस जनताका दैनिक जीवनसँग जोडिएका विषयमा ध्यान दिँदैन भन्ने सिद्ध हुन्छ भने अर्कातिर पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गर्न पनि विफल हुनेछ । कम्युनिस्टहरूको विफलतालाई आफ्नो सफलता ठान्ने मूर्खता कांग्रेसका नेताहरूले गरेको देखिन्छ । यस्तै मूर्खता सन् १९९० र २००० को दशकमा तत्कालीन नेकपा (एमाले)का नेताहरूले गरेका थिए । कांग्रेसको विफलताका लागि तिनले जोसँग पनि सहकार्य गरेका थिए । त्यसको फाइदा एमालेका नेताले हैन तत्कालीन राजा ज्ञानेन्द्रले उठाए । नेपाली कांग्रेसका नेताहरूले निकट अतीतले सिकाएको पाठ हेक्का राखून् । अहिले धर्मनिरपेक्षताको विरुद्ध हैन पार्टी नेतृत्वको कमजोरी र कार्यशैलीको सुधार तथा पार्टीलाई एक्काइसौं शताब्दी सुहाउँदो नीति र नेता भएको दलका रूपमा विकास गर्न महासमितिका सदस्यहरूले आफ्नो समय, शक्ति र ऊर्जा लगाउनु बुद्धिमानी हुनेछ ।