Top Stories

मेस्सीले हात पारे तेस्रो पटक गोल्डेन बुट अवार्ड भ्रष्टाचार गर्ने सेनाका कर्नेललाई ३ महिना जेल चलान हतियारको राजनीति त्याग्न नेता नेपालको आग्रह टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघको एक करोड सहयोग शिक्षामा बजेट बढाउन सांसदको माग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीको शानदार सुरुआत भारत लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक , भाजपाको बहुमत बेलायती प्रधानमन्त्री थेरेसा मेद्धारा पदबाट राजीनामा हावाहुरीले रेडियो गण्डकीलाई लाखौको क्षति, सोलार उडायो सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर भएन– अध्यक्ष शर्मा सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली काठमाडौं फिर्ता मिडिया काउन्सिल विधेयक पारित नहुने नेकपा नेता श्रेष्ठको भनाई सरकार संघीयता विफल पार्न सक्रिय रहेको कांगे्रस नेता पौडेलको आरोप निर्मला हत्याकान्डको १० महिना : जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा धर्ना मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेको कांगे्रसको आरोप त्रिभुवन विमानस्थलबाट करोडौंको भारतीय जाली नोट सहित चार जना पक्राउ साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

नेपालको जलविद्युतमा बङ्गलादेशको निजी क्षेत्रले लगानी गर्ने



२० वैशाख, पोखरा ।
नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो ।
नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले फाइदा लिन सक्ने देखिएको छ । दुई देशका बीचमा सरकारीस्तरमा नै संयुक्त संयन्त्रसमेत गठन भएको र त्यसको नियमति छलफल तथा विचार आदानप्रदान भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा बङ्गलादेशको भ्रमण गर्नुभएको र बङ्गलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालको भ्रमणसमेत गरिसकेका छन् ।
सरकार–सरकार, सरकार–निजी क्षेत्र तथा निजी–निजी क्षेत्र मिलेर संयुक्तरुपमा काम गर्न सक्ने संयन्त्रको खोजी भइरहेका बेला स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरेको थियो । पछिल्लो समयमा भारत सरकारले अन्तरदेशीय विद्युत् आदानप्रदान सम्बन्धमा गुरुयोजना कार्यान्वयनमा ल्याएको तथा त्यसलाई कार्यक्रमसमेत बनाइसकेको सन्दर्भमा त्यसबाट नेपाल र बङ्गलादेशले फाइदा लिनुपर्नेमा इपानले जोड दिएको छ ।
इपानले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शैलेन्द्र गुरागाइँले हाल नेपाल विद्युत् प्राधिकरणले नै गरेको विद्युत् खरीद सम्झौता गरेकै मूल्यका आधारमा नौ हजार मेगावाट विद्युत् बिक्री गर्ने वातावरण बनेमा तीन खर्ब ६० अर्ब रुपैयाँ बराबरको वार्षिक आम्दानी हुने जानकारी दिनुभयो ।
नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लगायतका संयन्न्त्र प्रयोग गरेर भए पनि एकअर्काको बीचमा सहयोग आदानप्रदान तथा लगानीको वातावरण बनाउनुपर्नेमा इपानले जोड दिएको छ ।
लगानी सहजीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहसचिवको नेतृत्वमा एकल बिन्दु सेवा केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिँदै इपानका अध्यक्ष गुरागाइँले सम्झौता गरेर बस्ने अवस्था नभएकाले थप सहजीकरण गर्नुपर्ने बताउनुभयो । बङ्गलादेशले नेपालबाट विद्युत् आयात गर्ने, संयुक्त लगानी गर्ने उपयुक्त अवसरको खोजी गरिरहेको जानकारी दिँदै इपानका उपाध्यक्ष कुमार पाण्डेले राज्य संयन्त्रले चासो दिएको खण्डमा नेपालको व्यापार घाटा पनि कम हुने र लगानीको वातावरण पनि बन्ने बताउनुभयो ।
यस्तै बङ्गलादेश सरकारले ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर) ले लगानी गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजाने विषयमा प्राविधिक तयारीसमेत अन्तिम चरणमा र्पुयाएको नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो । बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदलगायत उच्च सरकारी टोलीले एकाध दिन भित्रै कर्णालीको विद्युत्को विषयमा आवश्यक निर्णय हुने जानकारी इपानको प्रतिनिधिमण्डललाई गराएको थियो ।
यस्तै नेपालमा लगानीका अवसर खोज्दै बङ्गलादेशका उद्योगी तथा व्यवसायी निकट भविष्यमा नै नेपाल भ्रमणमा आउने तयारीमा रहेको छ । प्रसारण लाइन निर्माणका लागि सरकारीस्तरमा नै तीन देशका बीचमा छलफल र विचार आदानप्रदान जरुरी रहेको भन्दै त्यसको वातावरण नेपाल र बङ्गलादेशले बनाउनुपर्नेमा समेत बङ्गलादेश सरकारको जोड रहेको छ । पछिल्लोपटक भारत सरकारले सार्वजनिक गरेको अन्तरदेशीय विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानका लागि अङ्गीकरका गरेको नीतिलेसमेत विद्युत् व्यापारको वातावरण बनेको छ ।
सरकारले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने उत्सुकता देखाएका लगानीकर्तालाई समेत थप प्रोत्साहन गर्न सकिनेछ । इपानले भारत सरकारको पछिल्लो सहज नीतिका कारण भारतीय भूमि प्रयोग गरेर प्रसारण लाइन निर्माण गर्न सकिने र सरकारीस्तरमा समझदारी भए निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण गर्न सकिने अवस्थाको सिर्जना भएको बताईएको छ ।
इपानले नेपाल र बङ्गलादेशबीचको ज्वाइन्ट वर्किङ ग्रुप र ज्वाइन्ट स्टेरिङ कमिटीको बैठकमा नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत् बङ्गादेश निर्यात गर्नेसम्बन्धी प्रस्ताव अगाडि बढाउन र विद्युत् निर्यातसम्बन्धी आफ्नो स्पष्ट अवधारणा ल्याउन तथा भारतमा प्रसारण लाइन प्रयोगका लागि सम्बन्धित पक्षसँग वार्ता अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।
नेपाली प्रतिनिधिमण्डलले बङ्गादेशको ऊर्जा राज्यमन्त्री, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष, ऊर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी, निजी ऊर्जा उत्पादक कम्पनी परामर्श सेवामा संलग्न कम्पनीसँग लगानीका विविध आयामका बारेमा छलफल गरेको थियो ।