Top Stories

मेस्सीले हात पारे तेस्रो पटक गोल्डेन बुट अवार्ड भ्रष्टाचार गर्ने सेनाका कर्नेललाई ३ महिना जेल चलान हतियारको राजनीति त्याग्न नेता नेपालको आग्रह टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघको एक करोड सहयोग शिक्षामा बजेट बढाउन सांसदको माग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीको शानदार सुरुआत भारत लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक , भाजपाको बहुमत बेलायती प्रधानमन्त्री थेरेसा मेद्धारा पदबाट राजीनामा हावाहुरीले रेडियो गण्डकीलाई लाखौको क्षति, सोलार उडायो सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर भएन– अध्यक्ष शर्मा सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली काठमाडौं फिर्ता मिडिया काउन्सिल विधेयक पारित नहुने नेकपा नेता श्रेष्ठको भनाई सरकार संघीयता विफल पार्न सक्रिय रहेको कांगे्रस नेता पौडेलको आरोप निर्मला हत्याकान्डको १० महिना : जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा धर्ना मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेको कांगे्रसको आरोप त्रिभुवन विमानस्थलबाट करोडौंको भारतीय जाली नोट सहित चार जना पक्राउ साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु



वैशाख २० पोखरा ।
पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबार देखि शुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो भएको बताउनुभयो । विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा ल्याउन राजनीतिक तथा विकास कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । पोखरा र आसपासका क्षेत्र पनि विपदको उच्च जोखिममा पर्ने भएकाले मेयर जिसीले सम्मेलनका विभिन्न निश्कर्षहरुलाई कार्यान्वयन गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालमा स्वास्थ्य इञ्जीनियरिङ्गको अध्ययन अध्यापन भर्खर शुरु हुन थालेकोमा यस्ता सम्मेलनहरुले यो विषय तर्फ विद्यार्थीहरुको आकर्षण बढाउने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताउनुभयो ।

पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा जनस्वास्थ्य तथा विपद इञ्जीनियरिङ्गको अध्ययन अध्यापन केन्द्रीय आंगिक कलेजमा शुरु गराएको पनि उहाँले जानकारी दिनुभयो । । यो विषयको अध्ययन अध्यापन नेपालमा मात्र नभइ दक्षिणपूर्वि एसियामा नै पहिलो पटक पोखरा विश्वविद्यालयले शुरु गरिरहेको छ ।

सम्मेलनको उद्घाटन सत्रलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, ईञ्जीनियरिङ्ग अध्ययन संस्थानका पूर्व डिन प्राध्यापक डाक्टर भरतराज पहारी, संयुक्त राष्ट्र संघका लागि विपद जोखिम न्युनिकरण विज्ञ ग्यारे डे ला पोमेराइ र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा सहभागी हुनका लागि नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्याण्ड, भारत लगायत १० देशका ३०० भन्दा बढिले सहभागिता जनाउने सम्मेलनका संयोजक प्राध्यापक डाक्टर विनय कुमार मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार नेपालका विभिन्न विश्वविद्यालय तथा संघ संस्थाहरुबाट जनस्वास्थ्य, विपद व्यवस्थापन तथा इञ्जीनियरिङ्ग क्षेत्रका विज्ञहरु, पेशाकर्मीहरु र विद्यार्थीहरुले सम्मेलनमा सहभागिता जनाउन पोखरा आइसकेका छन् ।

करिब १५ लाखको लागतमा सम्पन्न हुने सम्मेलनका लागि पोखरा विश्वविद्यालयसँग विश्वविद्यालय अनुदान आयोग, युरोपियन युनियनको इरासमस प्लस परियोजना, स्फेरा परियोजना तथा एनआइसी एसिया बैंकले सहकार्य गरिरहेका छन् ।

सम्मेलनका तीन दिनहरुमा विपद व्यवस्थापन, वातावरण, विपदमा जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, विपद व्यवस्थापनमा सुचना प्रविधिको प्रयोग, विपदमा स्वास्थ्य जोखिम र मनोविज्ञान जस्ता विभिन्न मुद्दाहरुमा केन्द्रीत रहेर ४५ वटा कार्यपत्रहरुमाथि विभिन्न दशवटा समानान्तर सत्रहरुमा छलफल हुने आयोजक समितिका सदस्य तथा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसका निर्देशक डाक्टर डमरु प्रसाद पनेरुले बताए ।

सम्मेलनका निश्कर्षहरुले स्थानिय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा समेत नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । उनले थपे, “नेपालमा भर्खर शुरु भएको यो नयाँ विषयको संस्थागत विकासका लागि अन्तर्रा्ष्ट्रियस्तरको सहकार्य, सहयोग तथा सञ्चारमा पनि यस्ता सम्मेलनहरुको महत्वपूर्ण भूमिका रहने छ ।”

सम्मेलन शनिवारसम्म चल्ने छ ।